• Breaking News

    Friday, December 30, 2016

    कसले जलायो बानेश्वरमा सरकारी गाडी ? (फोटोफिचर)








    काठमाडौं – नयाँ बानेश्वरमा सरकारी गाडीमा युवा संघका कार्यकर्ताले आगजनी गरेको छ । बानेश्वरको अल्फाबिटा अगाडि शुक्रबार दिउँसो बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो ।

    बानेश्वर प्रहरीका अनुसार पार्किङ गरिएर सरकारी स्कर्पियो गाडीमा युवा संघका कार्यकर्ताहरुद्वारा आगजनी गरेका हुन् । बानेश्वरमा युवा संघले विरोध र्याली आयोजना गरेको थियो । विरोध र्यालीमा सहभागीहरुले नै गाडीमा आगजनी गरेको प्रहरीको भनाई छ ।



    युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले भने आफूहरुले आगजनी नगरेको बताए । ‘हाम्रो विरोध कार्यक्रम थियो, तर आगजनी गर्ने कुनै कार्यक्रम थिएन । कसैको घुसपैठ भएको छ,’ कटुवालले भने ।

    तर, सामाजिक सञ्जालमा देखिएको भिडियोमा भने युवा संघकै कार्यकर्ताले नाराबाजी गर्दै गाडी तोडफोड गर्दै जलाएको देख्न सकिन्छ ।

    युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि कोहलपुरमा बिहिबार साँझ खुकुरी प्रहार भएको विरोधमा संगठनले विरोध र्यालीको आयोजना गरेको थियो ।

    यसअघि युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा प्रसाद तिवारीको पनि गोली हानी हत्या  गरिएको थियो ।

    बा २ झ १०५५ नम्बरको अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ ।

    प्रहरीका अनुसार आगजनी भएको वागमती सभ्याता विकास परियोजनाको स्कारपियो गाडी र तोडफोड भएको अर्को हाइलक्स सडक विभागको रहेको छ   रातोपाटी




    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel