• Breaking News

    Friday, December 30, 2016


    लागूऔषधसहित दुई युवक पक्राउ








    पुस १६, २०७३- प्रहरीले शनिबार बिहान सिरहा नगरपालिका– ११ बाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे– ५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडक खण्डबाट २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेटसहित दुबै जनालाई पक्राउ गरेको हो ।

    पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । इकान्तिपर



    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel