• Breaking News

    Friday, December 30, 2016


    नशामा उडान गर्ने विमान चालक निष्कासित




    इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ।
    विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो। बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत उडान गर्न उनले अनुरोध गरेका थिए।
    विमान चालकले विमान उडाउने तयारी गरिरहेको बेला उनको बोली प्रष्ट नभएपछि यात्रुले चालकमाथि शङ्का व्यक्त गरेका हुन्।
    यसैबीच सीटी लिङ्क कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन्। सेतोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel