• Breaking News

    Thursday, January 5, 2017

    विमानस्थलको 'सेटिङ'मा सुन तस्करी

    सिआइबीद्वारा ३३ किलो सुन बरामद




    युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले ३३ किलो सुन बरामद गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सो सुन बरामद गरेको डिआइजी नवराज सिलवालले सेतोपाटीलाई जानकारी दिए। २४४ वटा १० तोलाको विस्कुट, १८ वटा सिक्री र १९ वटा औंठी बरामद भएको सिलवालले बताए। बरामद गरिएको सुनको बजार मूल्य झण्डै १५ करोड रुपैयाँ भन्दा धेरै छ। सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका अर्का एक जनालाई पक्राउ गरिएको उनले बताए। लगेजभित्र प्लाष्टिकले र्‍याप गरेको सुन प्रहरीले बरामद गरेको हो। विमानस्थलको सुरक्षा जाँच पार पारेर शाही निस्कन लाग्दा सुन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाहीले विमानस्थलका अधिकारीको सेटिङमा सुन ल्याएको प्रहरीसमक्ष बताएका छन्। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। लगेजबाट २६ वटा सुनका विस्कुट बरामद गरिएको छ। अरु र्‍याप गरिएको अवस्थामा पनि सुन रहेको सिलवालले बताए। अर्को लगेजबाट पनि सुन बरामद भएको डिआइजी सिलवालले बताए।  पक्राउ परेका शाही भरिया भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। युएइबाट नेपाल आउनेलाई सुन पठाउने गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ। सुन बोकाएर पठाउने, भरियाको फोटो खिचेर नेपालस्थित एजेन्ट पठाउने र नेपालस्थित एजेन्ट विमानस्थलमा पुगेर सुन लिने गरेको प्रहरीले बताएको छ। 'सुन बोके वापत भरियालाई केही आर्थिक प्रलोभन दिने गरेको हामीले जानकारी पाएका छौं,' सिआइबीका एक अधिकारीले भने। -सेतोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel