• Breaking News

    Wednesday, January 4, 2017



    चिसो बढेसँगै विद्यालय बिदा, हिमपात जारी





    हिमपात तथा वर्षासँगै चिसो बढेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पर्ने गाविसका विद्यालयमा जाडो बिदा दिइएको छ। विद्यालयले नियमित दिने मिन पचासको मौसमी बिदाअन्तर्गत केही विद्यालय पुस १५ देखि नै बिदा दिइएका थिए भने अधिकांशमा आजबाट बिदा दिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक इन्द्र दाहालले जानकारी दिए। नाम्चे, खुम्जुङ, चौरीखर्क, जुभिङ, टाक्सिन्दुलगायतका गाविसले ४५ दिनका लागि विद्यालय बिदा गरेका छन् भने दूधकुण्ड नगरपालिका, भकाञ्जे, गोली, वाकु, बुङलगायत गाविसका विद्यालयले ३० देखी ४५ दिनसम्म बिदा दिएका मञ्जुश्री प्रावि चौँरीखर्कका शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिनुभयो। अहिले माथिल्लो क्षेत्रमा पर्ने सातभन्दा बढी गाविसमा सेताम्मे भएर हिउँ जमेको छ भने अन्य गाविसमा पनि अत्यधिक चिसो बढेका कारण घर बाहिर निस्कन मुस्किल पर्ने गरेको छ। वर्खे बिदा दिने तल्लो क्षेत्रका विद्यालयले पनि मौसमी बिदाबाटै कटौती हुने गरी पाँचदेखि १० दिनका लागि विद्यालय बन्द गरेको जिल्ला शिक्षा कार्यालय, सोलुखुम्बुले जनाएको छ। गत शनिबारबाट वर्षा र हिमपातसँगै बढेको चिसोले सोलुखुम्बुको जनजीवन नराम्ररी प्रभावित भएको छ। अहिले पनि सदरमुकाम सल्लेरीलगायतको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ।सेतोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel