• Breaking News

    Wednesday, January 4, 2017


    अस्ताउँदो सूर्यलाई बादलले छेकेपछि.



    पुस २०, २०७३- बुधबार अपरान्ह काठमाडौंको अधिकांश आकाश खुला रहेपनि पश्चिमपट्टि भने एउटा बादलको टुक्रा देखियो । उक्त बादलको टुक्राले अस्ताउँदो सूर्य छेकेपछि उपत्यकाको पश्चिम भागमा बादल र सूर्यबीचको रमाइलो लुकमारीको दृश्यहरु देखिए ।

    सोमबार राति परेको पानीले उपत्यकाको तुँवालो हटेकोले पनि बादलले छेकेसँगै निस्केका सूर्यका किरणले रोचक दृश्यावलोकन गराइदियो । पछिल्लो समय मेलम्ची खानेपानीको लागि पाइप बिच्छ्याउन र चक्रपथ विस्तारले गर्दा उपत्यकामा वायु प्रदुषण बढेको छ ।

    बुधबार उपत्यका बन्द भएकोले पनि कमै मात्रामा प्रदुषण कम थियो । तर थापाथलीबाट पश्चिमतिर सूर्यको किरणसँगै धूलोको कण पनि राम्रैसँग देखियोइकान्तिप



    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel