युवासंघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी हानेको अभियोगमा लक्ष्मण मल्ल राजधानीबाट पक्राउ
काठमाडौं– युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरेको अभियोगमा बाजुराका लक्ष्मण मल्ल पक्राउ परेका छन् ।
शुक्रवार साँझ प्रहरीले मल्ललाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । गएको पुस १४ गते बाँकेको कोहलपुर स्थित एक रेष्टुरेण्टमा खाना खाएर निस्कँदै गर्दा बुढाथोकीमाथि खुकुरी प्रहार गरेको थियो भने त्यसपछि आरोपी मल्ल फरार भएका थिए ।
मल्ललाई बालाजुको एक गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । उनलाई हाल महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।
आफ्नो संगठनको केन्द्रिय सदस्यमाथि खुकुरी प्रहार भएको विरोधमा युवा संघका कार्यकर्ताले गत शुक्रवार काठमाडौंको नयाँ बानेश्वरमा सरकारी स्वामित्वको गाडीमा आगजनी गरेका थिए ।
युवासंघका कार्यकर्ताले बा.२ झ १३९२ नम्बरको बाग्मती सभ्यता विकास परियोजनाको गाडीमा आगो लगाउनुको साथै अन्य दुईओटा गाडी तोडफोड गरेका थिए ।सेतोपाटी
No comments:
Post a Comment