५ तस्विरमा हेर्नुस् बंग्लादेशी हिरोइन: जसले बलिउड हिरोइनलाई टक्कर दिन सक्छिन्
बलिउडमा भारतका मात्र नभई विश्वका अन्य मुलुकबाट आएका सुन्दरीहरूले आफ्नो बेग्लै स्थान बनाइरहेका छन्। यसको ताजा उदाहरण हुन् क्याटरिना कैफ, एमी ज्याकसन, सन्नी लियोनी, ज्याक्लिन फर्नानडिज आदि हुन्।
यो सूचिमा एकजना बंग्लादेशी सुन्दरीलाई अर्की सम्भावित टक्करकर्ताको रूपमा हेरिन थालिएको छ। उनी बंग्लादेशी सुन्दरी 'पोरी मोनी'।
बंग्लादेशमा उनी आफ्नो सुन्दरताका कारण बंग्लादेशीहरू बिच खुबै चर्चित छिन्। विशेषगरी 'नायला नायम' फिल्मबाट उनका प्रशंसकहरूको संख्या ह्वात्तै उकालो लागेको छ।
सन् २०१२ मा मोडलिङबाट करियरको सुरूवात गरेकी मोनीले बंगाली नाटक तथा टेलिफिल्ममा काम गरिसकेकी छन् जहाँ उनको कामले तारिफ बटुलिसकेको छ। उनको तयारी फिल्मीपर्दामा त्यस्तै तारिफ र सफलता बटुल्ने योजनामा छिन्।
उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै केही बलिउड फिल्म निर्माताहरूले उनीमाथी नजर लगाइरहेको बताइन्छ।सेतोपाटी
No comments:
Post a Comment