श्रीमतीलाई जबर्जस्ती गर्न खोज्ने श्रीमान् पक्राउ
डोल्पा – आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन् ।
काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
बिहे गरेको तीन वर्षभित्र थुप्रै पटक कुटपिट गरे भन्ने श्रीमतीको उजुरीमा गाउँका भद्रभलाद्मी बसेर पटक पटक दुवैजनालाई मिलाउँदै आएका थिए ।
यसपटक भने असह्य भएरै न्याय खोज्न आफू सदरमुकामसम्म आइपुगेको श्रीमती विकले बताएकी छन् ।
उनी आफ्नो घरदेखि छ दिनको पैदल हिँडेर दुई वर्षीय छोरासहित सदरमुकाम दुनै पुगेकी हुन् ।
यो पटकको कुटाइबाट उनको शरीरभरि गहिरो चोट लागेको र विशेषतः टाउको र आँखामा गम्भीर चोट लागेको महिला तथा बालबालिकाको कार्यालय, डोल्पाले जनाएको छ ।
अभियुक्त विकलाई घरेलु हिंसाअन्तर्गत यौनजन्य हिंसामा मुद्दा चलाइएको प्रहरी नायब निरीक्षक तुलसीराम अर्यालले जानकारी दिएका छन् ।
Golden Oakसम्बन्धित समाचार
जिप दुर्घटनामा चार नेपालीको मृत्यु जिप दुर्घटनामा चार नेपालीको मृत्यु
बैतडी – भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । मृत्..
सावधान ! ‘अमेरिकी डलर साट्ने हो ?’ भन्दै मिनमायालाई जस्तै ठग्लान सावधान ! ‘अमेरिकी डलर साट्ने हो ?’ भन्दै मिनमायालाई जस्तै ठग्लान
काठमाडौं– बसुन्धरा बस्ने मिनमाया तामाङलाई एकजना पुरुष ब्यक्तिले पटक–पटक फोन गरेर भने, ‘मसँग १९ हजार अमेरिकी डल..
सर्वोच्चमा दुई न्यायाधीश सिफारिस सर्वोच्चमा दुई न्यायाधीश सिफारिस
काठमाडौँ – न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । ..
नेताहरुले समस्याको विन्दु पहिल्याउन सकेनन्ः मन्त्री कार्की नेताहरुले समस्याको विन्दु पहिल्याउन सकेनन्ः मन्त्री कार्की
भक्तपुर – संञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालका राजनितिकर्मीहरुले समस्याको साझा विन्दु पहिल्याउन नसक्दा मु..
हिमाली बस्तीमा बाक्लो हिमपात हिमाली बस्तीमा बाक्लो हिमपात
सोलुखुम्बु – शनिबार साँझबाट हिमपात सुरु भएको सोलुखुम्बुको हिमाली बस्तीमा आज निकै बाक्लो हिमपात भएको छ । ..
सवारीचालक लागि ट्राफिकले बनायो रिफ्रेस सेन्टर सवारीचालक लागि ट्राफिकले बनायो रिफ्रेस सेन्टर
दाङ–राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर सल्यान सडकखण्डको दाङ तुलसीपुर–४ डाँडापातुमा रिफ्रेस सेन्टर उद्धघाटन गरिए..
सप्तरीमा सोह्र हजार गाँजाको बोट नष्ट सप्तरीमा सोह्र हजार गाँजाको बोट नष्ट
राजविराज–गाँजा फडानी अभियान अन्तर्गत प्रहरीले सप्तरीबाट सोह्र हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्ला प्रहरी का..
उद्योगी मोरलाई मातृशोक
काठमाडौं– नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिशकुमार मोरलाई मातृशोक परेको छ । मोरकी आमा गायत्रीदेवि मोरको ८१ बर.. रातोपाटी
No comments:
Post a Comment