सलमानले गर्दा यस कारण सर्ने भो संजयको फिल्म
बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्मको जनवरी १४ बाट सुटिङ सुरू हुँदैछ। फिल्ममा संजयको भूमिकामा अभिनेता रणवीर कपुरले अभिनय गर्दैछन्। ३० जुनमा फिल्मको सुटिङ सक्किने छ।
संजयको फिल्मलाई डिसेम्बरमा रिलिज गर्ने योजना बुनिएको थियो तर सलमान खानका कारण फिल्मको सो मिति सर्ने भएको छ। यसमा प्रत्यक्षरूपमा सलमानको हात नभए पनि यसै वर्षको क्रिसमसमा उनी अभिनित 'जिन्दा है टाइगर' रिलिज हुने पक्का भएपछि फिल्मका निर्माताले सो समयमा सलमानको फिल्मसँग जुदाउँदै आफ्नो फिल्म रिलिज नगर्ने मनस्थिति बनाएका छन्।
सलमान अभिनित फिल्म यसराज फिल्म्सको निर्माण भएकाले फिल्म रिलिज मितिमा कुनै हेरफेर नहुने स्पष्ट भएपछि संजयको बायोपिक फिल्मका निर्माताले यसलाई आगामी वर्षको जनवरी १४ मा रिलिज गर्ने तयारी गरेको बताइन्छ। तर यस मिति पनि फिल्म रिलिज हुने सम्भावना कम देखिएको छ। यस मितिमा ठूला बजेट र ठूला स्टारवाला दक्षिण भारतिय फिल्म रिलिज हुने हुँदा हिन्दी फिल्मको खासै कमाइ हुँदैन्।
त्यसैले उनीहरूले आइपिएल लिग सुरू हुनेभन्दा एक साता अगाडी वा लिगपछि रिलिज गर्ने योजना गरिरहेको बताइन्छ सेतोपाटी
No comments:
Post a Comment