बुटवलवासीको शान : यस्तो बन्दैछ २७ किलोमिटर ‘सिक्स लेन’ सडक
बुटवल – नेपाल–भारत सीमाक्षेत्र सुनौलीबाट कोही पर्यटकले बेलहिया प्रवेश गर्नेवित्तिकै अनौठो महसुस गर्छन् । बेलहिया–बुटवल व्यापारिक मार्ग लोभलाग्दो बन्दैछ । ‘सिक्स लेन’ सडकमा अरू पूर्वाधार पनि थपिँदैछन् । यसले नेपाल–भारत सीमाक्षेत्र सुनौलीबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई अरू धेरै लोभ्याउँनेछ ।
सडकमा अरू के–के पूर्वाधार जोडिँदैछन् ?
–बेलहिया–बुटवल व्यापारिक मार्गमा सोलार बत्ति जडान गर्ने काम सुरु भएको छ । ठूलो आयोजना मानिएको ‘सिक्स लेन’ सडकमा सोलार बत्तिले रौनक थप्नेछ ।
–बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनामा सौर्यबत्ति जडानका लागि ठेक्का भएको छ । बेलहियादेखि बुटवलसम्म प्रति ३० मिटर दुरीमा सोलार लाइट जडान गर्नको लागि ठेक्का दिएको छ ।
–बेलहिया–बुटवल व्यापारिक विस्तार आयोजना मणिग्रामका निमित्त प्रमुख इन्जिनियर लिलाबहादुर भण्डारीले २ करोड ५० लाख रुपियाँमा ठेक्का सम्झौता भएको बताए । उक्त ठेक्कामा बुटवलको योगीकुटीको पूर्व र पश्चिम क्षेत्रका आरसीसी कल्भर्ट निर्माण पनि गर्ने उल्लेख रहेको छ ।
–योगीकुटीमा उक्त कल्भर्ट निर्माण गर्दा सडक दुर्घटनामा पनि न्यूनीकरणमा सहयोग हुनेछ । हाल डाइभर टोलदेखि चौराहसम्मको काम अगाडि बढेको छ । चौराहदेखि गोलपार्क र भैरहवाको बेलहियादेखि बाइपास रोडमा पनि सौर्यबत्ति जडानका लागि टेन्डर निकालिएको छ ।
आकाशे पुल पनि बन्दै
–बुटबल र भैरहवाका सडकमा अब आकाशेपुल बन्ने भएका छन् । ब्यस्त सडकमा बाटोकाटन समस्या हुने भएकाले २७ किलोमिटरको बुटबल–बेलहिया सडकमा १० बटा आकाशेपुल बन्ने भएको हुन् ।
–आकाशे पुलका लागि ब्यापारिक मार्ग विस्तार आयोजनाले प्रक्रिया अघि बढाइसेको छ । अब एक वर्षभित्र आकाशेपुल निमार्ण सम्पन्न हुने छन् ।
एक पुल निमाणर््ा गर्न १ करोड २५ लाख लगात लाग्ने व्यापारिक मार्ग विस्तार आयोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीले बताए ।
–उनका अनुसार अबको १५ महिनामा आकाशेपुल निमार्ण सम्पन्न हुन्छ । यसका लागि महेश निर्माण सेवा नवलपरासीले ठेक्का लिइसकेको छ ।
–१० वटा अकाशेपुलको लागि १३ करोड बजेट विनियोज भइसकेकाले अब केही दिनमै काम सुरु हुने उनले बताए । आकाशेपुल भैरहवामा ३ र बुटवलमा ७ रहनेछन् ।
–भैरहवामा आँखा अस्पताल–बसपार्क, देवकोटा चोक र बर्मेली चोक गरी तीन स्थानमा यस्ता पुल रहनेछन् । बुटबलमा डाइबरटोल, योगीकुटी, कालिकास्कुल, राजमार्गचौराह, मिलनचोक, अञ्चल अस्पताल र ट्राफिकचोकमा रहने छन । अपाङ्ग तथा बालबालिकाको लागि अपाङ्ग मैत्री पुलबनाइने छ ।
–आकाशे पुल ३४ मिटर लम्बाइ र ५ मिटर उचाइ रहने छ । यहाँ निमार्ण हुन थालेका सबै आकाशे पुलहरूको साईज तथा ठेक्का रकम बराबार रहेकोछ ।
इन्जिनियर लिलाबहादुर भण्डारीले भने
–अबको दुई महिनाभित्रमा सोलार बत्तिले डाइभरटोलदेखि चौराहसम्म झलमल्ल हुनेछ । अन्य ठाउँमा पनि टेन्डर भइसकेको छ ।
–‘सिक्स लेन’ सडक भएका कारणले सौर्यबत्तिसँगै ठाउँ–ठाउँमा ठूलाठूला राति टल्कने खालका बोर्डको पनि स्थापना गर्ने तयारी भएको छ । डाइभरटोलदेखि चौराहसम्मका सोलार बत्ति जडान गर्ने कम्पनीसँग ७० वटा ठूला टल्कने खालका बोर्ड राख्ने सम्झौता पनि भएको छ ।
–जस्तै कालिकाचोक, चौराह, योगीकुटी आदि स्थानमा ती बोर्ड स्थापना गर्दा रातिको समयमा सडकको दायाँबायाँ छुट्याएको ६ मिटर सर्भिस लेनका लागि फाइदा हुनेछ । सवारी चालकलाई पनि यसको फाइदा हुने छ ।
–यसअघि बुटवल उपहानगरपालिकाले बुटवलमा पनि सडकमा सौर्यबत्ति जोडिसकेको छ । सरकारले प्रत्येक नगरपालिकामा सौर्यबत्ति जडान गर्ने अभियान सञ्चालन गरेको छ । ठूला सडकमा सोलार बत्ति जोड्न सिक्न लेन सडकबाट सुरु भएको हो ।
–हालै मात्र राजधानीमा काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ति राख्ने काम सुरु गरेको छ । अर्थात् सौर्यबत्ति सहरको अनिवार्य साधन बनेको छ ।
आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत सौर्यबत्ति जडान गर्ने लक्ष्य लिएको छ ।
–सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा चार सय खम्बा राखिनेछ ।
–दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौंँ प्लाजा, कमलपोखरी तथा गौशालामा राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तिसपुतली, डिल्लीबजार र पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा तीन सय सौर्यबत्ति जडान गरिने छ । त्यसैगरी तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने छ । सो खण्डअन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुल, तीनकुने, कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर तथा भीमसेनगोला हुँदै सिनामङ्गल चोक रहेका छन् ।
एक किलो मिटर सडकमा २० करोड खर्च
–आयोजना महँगो छ । हालको अध्ययनअनुसार प्रतिकिलोमिटर २० करोड रूपयाँ खर्च हुने भएको छ। –२७ किलोमटिरका लागि ५ अर्ब ६८ करोड बजेट खर्च हुनेछ ।
–महँगो भएपनि सडक चाहिँ आर्कषक र रणनीतिक हुने यसक्षेत्रका जानकारहरू मान्दछन् ।
–अन्य ग्रामीण क्षेत्रमा २० करोड रूपयाँ खर्च गर्दा २० किलोमटिर बन्न सक्ने अवस्था हुन्छ ।केही वर्ष पहिले सडक डिभिजन कार्यालय बुटवलले चौराहादेखि तिनाउपुलसम्म ६ किलो मिटर सडक निमार्ण गर्दा करिव ५ करोड खर्चगरेको थियो । तर, अहिले १ किलो मिटरको लागि २० करोड खर्च हुँदैछ ।
उपभोक्ता हित सरक्षण मञ्च रूपन्देहीका अध्यक्ष तथा केन्द्रीय सस्दय नर्भु लामा भन्छन्–यति महँगो सडक निमार्णपछि हामीले सहज र टिकाउनमा ध्यान दिनुपर्छ ।
जिविसको निणर्यले केही सहज
–जिल्ला विकास समिति रूपन्देहीले केही समय अगाडि मात्र रोडाढुङ्गा निकाल्ने अनुमति दिएपछि बेलहिया–बुटवल व्यापारिक मार्गको कामले तीव्रता पायो ।
–०६७ सालदेखि रूपन्देही जिल्लामा जिल्ला विकास समितिले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएपछि यसको असर बेहलिया–बुटवल व्यापारिक मार्गमा परेको थियो ।
–आयोजनाका निमिक्त प्रमुख लिलाबहादुर भण्डारीले भने– “हामीसँग सम्झौता गरेका ठेकेदारले जहाँबाट भए पनि ढुङ्गा, गिट्टी ल्याएर काम गर्नुपर्ने नियम हो । तर जिल्लामा कतै उत्खनन् गर्न नपाएपछि कसरी समयमा काम गर्न दिने भन्ने भएको थियो । जिल्ला विकासले खुलाएपछि सहज भएको ।
आयोजनाले २ लाख ३० हजार घनमिटर नदीजन्य पदार्थ माग गरेको जिल्ला विकास समितिले जनाएको छ । जसमा हाल १ लाख ३० हजार घनमिटर दिनको लागि सहमति भइरहेको छ । अहिले जिल्लामा नदीजन्य पदार्थ पाएपछि ठेकेदारहरू उत्साहित बनेका छन् ।
यस्तो छ सडकको इतिहास, कहिले सकिन्छ निर्माण ?
–अबको २२ महिनामा उक्त सडक निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको कार्यालयले जनाएको छ ।
–आर्थिक वर्ष २०६८–०६९ मा सुरु भएको हो बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना ।
–हाल ४२ प्रतिशत रकम सकिएको छ । अब ५८ प्रतिशत रकम बाँकी छ ।
–कुल ५ अर्ब ६८ करोडमध्ये हाल २ अर्ब २९ करोड रकम खर्च भइसकेको छ ।
–डीपीआरमा पनि यति मितिमा सम्पन गर्ने उल्लेख नभएको इन्जिनियर भण्डारीले बताए । तर, आयोजना आर्थिक वर्षको ०७५–०७६ को मा सम्पन्न गर्ने आफूहरूको योजना रहेको उनले बताए ।
–सुरुमा बेलहियादेखि बुटवलको चौराहसम्म २४ किलोमिटर दुरीलाई ‘सिक्स लेन’ सडक बनाउने योजनाअनुसार सुरु भएको थियो । हाल चौराहदेखि गोलपार्कसम्म थप ३ किलोमिटरलाई पनि सोही पारियोजनमा जोडिएको छ । हाल चौराहदेखि गोलपार्कसम्म पनि निर्माणका लागि ठेक्का भइसकेको छ ।
–हालसम्म ११ वटा ठेकेदार कम्पनीसँग सम्झौता गरिएको ‘सिक्स लेन’ सडकमा ९ वटाले सडक निर्माणको जिम्मा पाएका छन् । अन्य कम्पनीसँग पेन्टिङ गर्ने, सौर्यबत्ति जोड्ने कामको सम्झौता गरिएको छ ।
यसको फाइदा के हुन्छ ?
–बुटबल–बेहलिया सडक निर्माण कार्य सम्पन्न भएपछि बुटबलबाट भैरहवा १५ मिनेटमा पुगिने अुनमान रहेको छ ।
–सडक मार्ग भएर लुम्बिनी जाने प्रर्यटक पनि लाभान्ति हुनेछन् ।
–यस सडकको विस्तारले पश्चिम क्षेत्रको व्यापारिक नाकाको रूपमा रहेको बुटवल र सुनौली नाकाबाट भारतसम्मको व्यापार थप वृद्धि गर्ने उद्देश्य रहेको छ ।
–सैनिली नाकबाट अहिले दैनिक ३ सयको हाराहारीमा मालबाहक गाडी नेपाल भित्रिने गरेका छन् । पर्यटक तथा सवारी गरेर ५ सय जति सवारी सधानहरू नेपाल आउने गरेका छन् । जसमा मोटरसाइकल सङ्ख्या उल्लेख छैन । पछिल्लो नाकबन्दी कारणपछि यहाँ मालबाहक गाडीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । अब सिक्स लेन सडक निमार्ण गर्दा मालबाहक गाडी थप भित्रिने अपेक्षा गरिएको छ ।
जनता र व्यवसायी के भन्छन् ?
दीपक न्यौपाने होटल व्यावसायी, बुद्ध पार्टी प्यालेस लुम्बिनी
म लुम्बिनीमा होटल गर्न थालेको १० वर्ष भएको छ । होटल व्यवासाय राम्रै चलेको छ । अहिले सिक्स लेन सडक निमार्ण र गौतमबुद्ध विमानस्थलको निमार्ण कार्य तीव्र रूपमा अगाडि बढेको छ । हाल दैनिक लुम्बिनीका आन्तरिक र बाह्य गरी ३ हजारभन्दा धरै पर्यटकहरू आएको मेरो अनुमान रहेको छ ।अब सडक निमार्ण पूरा हुदाँ पोखरा, चितवनको सौराहमा आएका पर्यटकहरू सहज रूपमा लुम्बिनी आउन सक्ने छन् । उनीहरूले सडकका कारण पाल्पा पोखरा आएको पर्यटक नर्फेर जाने मनसाय मनाउँदैन् । बरु सहज सडक छिटो पनि पुगिन्छ लुम्बिनी पुगिहालौँ भन्ने मनसाय बनाउन सक्छन् । अर्को बुटवल आएका मानिसहरू सिक्स लेन सडक निमार्णपछि सहज रूपमा लुम्बिनी जान आफै रोज्ने छन् । कति पर्यटक वृद्धि होला सडक बनेपछि भन्न नसकिला तर वृद्धि चाहिँ हुन्छन् । अवश्य हुन्छन् भन्ने हामी होटल व्यावासायीहरूको बुझाइ हो ।
महेशमान सिंह, बुटवल उद्योग वाणिज्य सङ्घ
बुटवलको व्यापारिक इतिहास धरै पुरानो छैन । पहाडी जिल्लाहरूबाट घिउ तथा अन्य वस्तुहरू ल्याएर बिक्री गर्ने अनि यहाँबाट नुन तेल खरिद गरर गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरूमा लैजाने प्रचालन थियो । उक्त बेला बुटवलमा घिउ खरिद गर्नका लागि भारतीय बजारबाट माडे (ठूला व्यापारी)हरू नै आउने गरेका थिए । यसको अर्थ उक्त बेला पनि यस क्षेत्रका पहाडी जिल्लाहरूको र भारतीय व्यापारीको सम्बन्ध अर्थतन्त्र कारण रहेको थियो । पछि सडकको विस्तारबाट थप सहज बन्न थाल्यो । सुनौलीदेखि पोखरासम्मको सिदार्थ राजमार्ग निमार्णले बुटवल थप आर्थिक गतिविधि गर्ने केन्द्रका रूपमा रहन पुगेको हो । अहिले यहाँ सञ्चालनमा रहेका ठूला ठूला उद्योगदेखि व्यापारिक प्रतिष्ठान पनि त्यसैको जगमा उभिएका हुन् । हालै बेलहिया–बुटवल व्यापारिक मार्गमा रूपमा विस्तार हँुदै छ । यसले यहाँको आर्थिक गतिविधिमाथि निकै चहलपहल ल्याउने छ । अर्कोतिर राजमार्ग कारण पनि पूर्व–पश्चिम जान आउनका लागि सहज छ । जसले यहाँका उद्योग, व्यापारका लागि ठूलो आधार बनेको छ । निर्माणाधीन सिक्स लेन सडक बेलहियादेखि बुटवलको गोलपार्कसम्म बन्दा यहाँ उद्योगीहरूदेखि सर्वसाधारण सबैलाई सहजता हुने छ ।
अर्कोतिर भारतबाट मालबाहक गाडी पनि थपिने छन् । किनभने बाटो सानो हुँदा कम आउथे अब दैनिक रूपमा उनहीरूको सङ्ख्या वृद्धि हुनेछ ।
यस क्षेत्रबाट भारततिर जानेभन्दा पनि आउने क्रमलाई सडकको सहजताले विस्तार गर्ने छ । जस्तै, पाल्पामा उत्पदान भएको अदुवा, दालचिनीलाई भारत लैजान परेमा छिटो नै हुने छ ।
यस्तै यहाँका सञ्चालनमा रहेका उद्योगहरूमा कञ्जा पदार्थ पनि छिटो ल्याउन सकिने छ । अर्को फाइदा भनेको सिक्स लेन सडक निमार्णले पर्यटकहरूको आवागनमा वृद्धि गर्ने छ । सुलौनी नाकबाट आउने पर्यटकहरू लुम्बिनी, बुटवलको जितगढी, पाल्पाको श्रीनगरमा थप हुने छन् । अन्य पर्यटकीय स्थानमा पनि वृद्धि अवश्य हुनेछन् । अझ भनै पहाड भारतको सम्बधलाई यो सिक्स लेन सडकले थप मजबुत बनाउने काम गर्नेछ ।
गोविन्द खनाल, स्थानीयवासी
बुटवलबाट भैरहवा मोटरसाइलमा जाँदा निकै समस्या छन् । ठाउँमा बाटो भत्काउने अनि बनाउने क्रम छ । धुवाँले बुटवलदेखि भैरहवा पुग्दा कतै नचिने बनाउँछ ।
कपडाहरू धुलोले सेतै बनाउँछ । अर्कोतिर बाटो भत्किएको ठाउँमा अर्को गाडीले साइड नदिँदा दुर्घटना भइहाल्छ कि भन्ने त्रास छ ।
सडकमा गाईहरूको जाम, ठूला गाडहीरूको पेलाइले हैरान बनाउँछ । जहाँ अहिले बनाउन थालेको छ, यस क्षेत्रका पसलहरूमा धुलो र धुवाँ हैरान बनाएको छ । पसलका समान छापेर राख्नुपर्ने हुन्छ । नत्र बिक्री गर्न सकिँदैन, सबै धुलोले पुर्छ ।रातोपाटी
No comments:
Post a Comment