कर्मचारीले आत्महत्या गरेपछि जापानको सबैभन्दा ठूलो विज्ञापन कम्पनीका अध्यक्षद्वारा राजीनामा
टोकियो – जापानको सबैभन्दा ठूलो विज्ञापन कम्पनी डेन्टसुका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टडासी इसीले राजीनामा दिने भएका छन् ।
कम्पनीका एक कर्मचारीले आत्महत्या गरेको मामिलामा उनले राजीनामा दिन लागेका हुन् ।
कम्पनीले बिहिबार अगामी जनवरी महिनामा हुने बोर्ड बैठकपछि टडासीले राजीनामा दिने पुष्टि गरेको हो ।
कम्पनीले आफ्ना कर्मचारीहरुलाई धेरै ओभरटाइम गर्न लगाएको कारण ती महिला
कर्मचारी आत्महत्या गर्न बाध्य भएको प्रमाणित भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
विश्वका १४० देशमा करिब ४७ हजार कर्मचारी रहेको कम्पनीका एक महिला कर्मचारीले सन् २०१५ को क्रिसमसमा आत्महत्या गरे पछि विवादमा मुछिएको थियो ।
यस घटनाको छानविन गरिरहेका जापानी अधिकारीहरुले माटसुरी तकाहासीलाई कम्पनीले धेरै लामो समयसम्म काम गर्न लगाएको थियो । कामको तनावकै कारण तकाहासीले आत्महत्या गरेको उनीहरुले ठहर गरेका छन् ।
अनुसन्धानकर्ताहरुले सो महिना तकाहासीले १ सय ५ घण्टा ओभरटाइम गरेको फेला पारेका थिए ।
जापानी अधिकारीहरुले डेन्टसुको कार्यालयमा छापा मार्नुका साथै जापानको स्वास्थ्य, श्रम कल्याण मन्त्रालयले यो मामिला अदालतमा दर्ता गर्न निर्देशन दिएपछि अध्यक्ष टडासीले राजीनामा दिएका हुन् ।
‘नयाँ कर्मचारीले गर्नुपर्ने बढी कामलाई नियन्त्रण गर्न नसकेकोमा म निकै दुःखी छु,’ एक पत्रकार सम्मेलनमा भने, ‘शोकसन्तप्त परिवारसँग म माफी माग्न चाहन्छु ।’
जापानमा ओभरटाइम काम गर्नका लागि परिचित छ । यो त्यहाँको ठूलो समस्याको रुपमा रहेको छ । त्यही भएर ओभरटाइम काम गरेबापत हुने मृत्युका लागि पनि त्यहाँ भिन्नै शब्द रहेको छ, कारोसी ।रातोपाटी
No comments:
Post a Comment