• Breaking News

    Monday, December 26, 2016



    पाथिभरा मन्दिरबाट २ लाख २१ चोरी



    ताप्लेजुङको पाथीभरा मन्दिर परिसरबाटै २ लाख २१ हजार रकम चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको समितिका सह सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए।
    मन्दिर परिसरमा रहेको पूजारीका लागि बनाईएको पुरानो भवनको भित्री भागको सिलिङबाट कोठामा प्रवेश गरी लकर फोरेर रकम चोरिएको उनले बताए।
    काफ्लेका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारी स्वरुप गनेर राखिएको उक्त रकम चोरी भएको हो । चोरी भएको मध्ये मोटो रकम पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले दिएको सहयोग रहेको र बाँकी मन्दिरका तिर्थालुले चढाएको दान रकम रहेको काफ्लेले जानकारी दिए।
    यसैबीच प्रहरीले नेपाली र भारतीय गरी १ लाख ३१ हजार ३ सय ५५ रुपैंया र एकसय अमेरिकन डलर सहित लिङखिम गाविस घर भएका ११ वर्षीय सागर लिम्बुलाई पक्राउ गरेको छ।
    ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार बोरामा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा सागरलाई पैसासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।
    केसीले पक्राउ परेका सागरको बयानका आधारमा यो घटनामा नाल्वो घर भई लिङखिम मामाघर बस्दै आएका  १४ वर्षीय रमेश नाल्वो र लिङखिम घर भएका अन्दाजी १४ बर्षिय मोहन लिम्बुको समेत संलग्नता देखिएकोले उनीहरुको खोजी कार्य जारी रहेको बताए।
    प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले यो घटनाका बारेमा पाथीभराको विकाशमा क्रियाशिल पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समिति र पाथीभरा क्षेत्र विकास समिति संग छलफल गर्ने प्रतिक्रिया दिए।सेतोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel