• Breaking News

    Saturday, December 31, 2016


    पतिको कुटाइबाट १५ दिनदेखि बेहोस, नाबालक बच्चाको बिचल्ली






    गाईघाट – पतिले कुटेपछि बेहोस भएकी उदयपुरको भलायडाँडा ३ की सरिता मोतेको १५ दिनसम्म पनि होस खुलेको छेन । उनी उपचारको क्रममा अस्पतालमा छिन् ।

    आमा उपचारको लागि अस्पताल र बाबु प्रहरी हिरासतामा परेपछि नाबालक तीन बच्चाको बिचल्ली भएको छ ।

    पुस १ गते पतिको कुटपिटबाट सिकिस्त विरामी भएकी सरिताका पति जिवन मोतेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।

    बाबुमाआ दुवै साथमा नभएपछि आश्रित बालबालिकाको भरणपोषण्मा समेत समस्या भएको छ ।

    घाइते सरिताको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।रातो पाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel