आत्महत्या : बहादुरी कि कायरता ?
आत्महत्या कायरले गर्छ कि बहादुरले ? यो एउटा गम्भीर प्रश्न हो । तर्क–वितर्क अनेक हुनसक्छन् । वैज्ञानिकहरू भन्छन्–आत्महत्या गर्नुका पछाडि जैविक कारण पनि जिम्मेवार हुन्छन् । आखिर मानिस एउटा सुन्दर जीवन अकालमै समाप्त गर्ने निर्णयमा किन पुग्छ ? हाम्रो समाजमा चाहिं मानिसहरू के कारणले आत्महत्या गर्ने अवस्थामा पुग्छन् ? कसैले चाहेको कुरा प्राप्त गर्न नसकेर, कसैले केही त्याग्न नसकेर, कसैले सफल हुन नसकेर अनेक–अनेक कारण देखाउँदै धेरैले आत्महत्याको बाटो रोजेका छन् । आखिर मानिस के सोचेर बाँच्छ र के सोचेर मर्छ ? व्यक्तिगत कारण मानिसका इच्छा, आकांक्षा एवं चाहनाहरू ऊ बाँचेको परिवेश, समाज र देशअनुसार फरक–फरक हुन्छ । आफूसँग नभएको कुरा प्राप्त गर्न खोज्नु मानवीय गुण नै हुन् । को के पाएर खुसी हुन्छ र को के गुमाएर दु:खी हुन्छ कसैले भन्न सक्दैन र अरू कसैले ल यो पाइस् अब तँ खुसी हो भनेर पनि कोही खुसी हुने होइन । परिवार र समाजभित्रै बसे पनि मानिस वास्तवमा एकांकी प्राणी हो । उसका निजी मनोकांक्षाहरू बेग्लै हुन्छन् । म जे पाएर खुसी हुन्छु अर्को नहुन सक्छ । जब मानिस परिवारभित्र बस्छ उसले परिवारभित्रबाट पनि केही आकांक्षा राख्छ, समाजबाट पनि राख्छ । आफ्ना विचारहरू राख्छ । जब उसले प्राप्त गर्न सक्दैन र विद्रोह पनि गर्न सक्दैन तब सम्भवत: उसलाई यो संसार रित्तो भएको भान परि महाप्रस्थानको बाटो लिन्छ. इकान्तिपुर
No comments:
Post a Comment