आफ्नै बुवालाई टक्कर दिने यस्ता छन् भारतका कान्छा मुख्यमन्त्री अखिलेश यादव
भारतीय राजनीतिमा उथलपथल मच्चाउने ‘बाप–वेटा’ (मुलायम सिंह यदाव र अखिलेश यादववीचको विवाद) झगडा २४ घण्टा नहुँनै हल भयो । पार्टी अध्यक्ष मुलायमले जव उत्तरप्रदेशका मुख्य मन्त्री अखलेशलाई ६ बर्षका लागि पार्टीबाट निस्काशन गरे, तव बाबु–छोराको लडाई शुरु भयो ।
दुई महिनापछि हुने उत्तरप्रदेशको विधानसभा चुनावका लागि मुलायमले एकलौटी तरिकाले उम्मेद्वारको सूचि जारी गरेपछि छोरा अखिलेशले विरोध गरे अनि समान्तर सूचि पनि बाहिर ल्याए । करिव–करिव पार्टी विभाजनको तहमा पुगेको बाबु–छोराको झगडा शनिवार नाटकीय रुपमा हल भयो ।
अखिलेशमाथिको कारवाही फिर्ता भएको छ । अव बाबु–छोरा मिलेर चुनावका लागि उम्मेद्वारको सूचि बनाउने छन् ।
राजनीतिमा जे पनि हुन्छ भन्ने उदारण यी बाबु–छोराको झगडा र मिलनबाट पनि पुष्टी हुन्छ । आफ्नै बुवालाई टक्कर दिने यूवा नेता अखिलेशको विगत यस्तो छ
अखिलेश यादव भारतका सवैभन्दा यूवा मुख्यमन्त्री हुन् । ३८ बर्षको उमेरमा उनी सन् २०१२ मा भारतको सवैभन्दा ठूलो र महत्वपूर्ण मानिने उत्तरप्रदेशमा मुख्य मन्त्री बनेका थिए ।
२०१२ मा उत्तरप्रदेश विधानसभा चुनावमा अखिलेशले महत्वपूर्ण भूमिका खेलेका थिए । भारतीय राजनीतिमा अखिलेश यूवा राजनेताका रुपमा चर्चित छन् ।
अखिलेशको जन्म एक जुलाई, १९७३ मा उत्तरप्रदेशको इटवा जिल्लाको सैफइ गाँउमा भएको थियो ।
उनका बुवा उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादव हुन् । मुलायम सिंहले समाजवादी पार्टी बनाएका थिए । अखिलेशका आमा मालती देवी हुन् । मालती देवी मुलायम सिंहका दोस्रो पत्नी हुन् ।
अखिलेशले स्कूलको पढाई राजस्थानको धौलपूर सैनिक स्कूलबाट पुरा गरेका थिए । त्यसपछि उनले मैसूर यूनिवर्सिटिबाट सिभिल इन्जिनियरिङबाट बैचलर र मास्टर्स डिग्री लिएका हुन् ।
अखिलेश एक इन्जिनियर, कृषिविद् र सामाजिक–राजनीतिक कार्यकर्ता हुन् । सिडनी यूनिवर्सिटिम पढ्दा उनलाई पप म्यूजिकको पनि शोख थियो ।
अखिलेश फुटवल र क्रिकेटमा रुचि राख्छन् । फुर्समा किताव पढ्ने, म्यूजिक सुन्ने र फिल्म हेर्ने गर्छन ।
–२००० मा पहिलो पटक अखिलेस २७ बर्षको उमेरमा कन्नौजबाट लोकसभा सांसद चुनिए । त्यसपछि लगातार दुई पटक सांसद बने ।
–१० मार्च, २०१२ मा अखिलेश यादवलाई उत्तरप्रदेशम समाजवादी विद्यायक दलका नेता चुनियो ।
१५ मार्च, २०१२ मा उनी देशका सवैभन्दा कम उमेरका मुख्य मन्त्री बने ।
–अखिलेशकावारेमा भन्ने गरिएको छ कि, उनले आफ्नो परिचय जात भन्दा माथि उठेर बनाए ।
२४ नोभेम्वर १९९९ मा अखिलेश यादवले विवाह गरेका थिए डिम्पल यादवसँग । अखिलेस र डिम्पलका दुई छोरी, अदिति र टीना तथा एक छोरा अर्जुन छन ।रातोपाटी
No comments:
Post a Comment