• Breaking News

    Monday, December 26, 2016


    यात्रुका शवको खोजी जारी






    रुसको 'ब्ल्याक सी'मा दुर्घटनाग्रस्त भएको रुसी सेनाको विमानमा परि ज्यान गुमाउनेहरुको खोजीकार्य रातभर जारी छ।
    ९२ यात्रु सवार सेनाको विमान आइतबार रुसको सोचीस्थित विमानस्थलबाट सिरियाको लाटाकिया प्रान्तका लागि उडेको केही मिनेटमै दुर्घटनामा पर्दा विमानमा सवार सबैको ज्यान गएको थियो।
    उनीहरुको खोजिका लागि गोताखोरहरुसहित ३ हजारभन्दा बढी उद्धारकर्मी दुर्घटना भएको क्षेत्र वरपरको ठूलो भूभागमा खटिएका छन्।
    दुर्घटना
    स्थानीय समय अनुसार ५ बजेर २५ मिनेटमा उडेको विमान २ मिनेटपछि नै राडरको सम्पर्कबाट बाहिर गएको रक्षामन्त्रालयले जनाएको थियो।
    रुसको जलक्षेत्र 'ब्ल्याक सी' मा खसेको विमानको भग्नावशेष र ११ शवहरु भेटिएको छ।
    उक्त दुर्घटनामा कोहि पनि जीवित नरहेको खबरहरु आएका छन्। ट्यू-१५४ नामको विमानमा सैनिक, पत्रकार र चर्चित सांगीतिक समूह यालेक्सान्ड्रफका ६४ सदस्यहरु थिए।
    उनीहरु सिरियामा रहेका रुसी सेनाले नयाँ वर्षको अवसरमा आयोजना गर्ने सांगीतिक कार्यक्रमका लागि लाटाकिया प्रान्त जाँदै थिए।




    अनुसन्धान
    रुसको रक्षा मन्त्रालयले यात्रुहरुको खोजिका लागि विमान दुर्घटनाग्रस्त भएको क्षेत्र वरपरको ठूलो भूभागमा १ सयजना गोताखोरहरु निरन्तर खटिरहेको बताएको छ।
    रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगो कोनासेन्कोफले भने, "खोजीका लागि ३२ वटा पानीजहाज, ८० जना गोताखोर, पाँचवटा हेलिकप्टरसहित मानवरहित विमान र समूद्रको गहिरो भागमा सैन्य पनडूब्बीहरुको प्रयोग भइरहेको छ।"
    रुसको यातायात मन्त्रालयले आतंकवादी हमलालगायत विमान दुर्घटना हुनुका सम्भावित सबै कारणहरुबारे अनुसन्धान भइरहेको जनाएको छ।
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रिय शोक गर्ने घोषणा गरेका छन्।
    तर सोचीलगायत धेरै सहरहरुमा मानिसहरु चिन्तित मुद्रामा रातभर जाग्राम बसेका छन्।बिबिसी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel