• Breaking News

    Sunday, January 8, 2017



    यौन धन्दामा संलग्न रहेको आरोपमा ४ युवती पक्राउ




    दाङ– दाङको तुलसीपुरमा अबैध यौन धन्दामा संलग्न रहेको आरोपमा ४ जना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जना होटेल संचालिका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।

    प्रनाउ तिम्सिनाका अनुसार रुकुमको गरायला गाविस १ निबासी २४ बर्षिया, गंगा दहाल, रुकुमकै खारा गाविस ८ निबासी ३१ बर्षकी विना विक, बागलुङ जिल्लाको दलिङ ७ निबासी २२ बर्षकी सर्मिला केसी र रुकुमको पिपल गाविस ३ निबासी १६ बर्षिया पुष्पा हमाल रहेका छन् ।
    दहाल र विक तुलसीपुरको न्युरो स्थित न्यु सल्यानी दाजु भाई होटेल एण्ड लज संचालक हुन् । पक्राउ परेका चारै जना पेशेवर रहेको प्रहरीले दाबी गरेको छ ।

    ‘स्थानियका अनुसार यीनिहरुले विगत लामो समय देखि यौनधन्दा गर्दै आएका छन् । उनीहरुलाई गएराती छापामारेर पक्राउ गरिएको प्रनाउ तिम्सिनाले बताए । राप्तीको मुख्य व्यापारिक केन्द्र तुलसीपुरमा अवैध यौनधन्दा भइरहेको गुनासो बढेपछि प्रहरीले केहि समय यता निगरानी बढाउदै आएको छ ।रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel