रातो नम्बरबाट फोन आएको भन्दै अफवाह फैलाउने गायक/गायिका पक्राउ
बराइलीले रातो नम्बर उसैले 'क्रिएट' गरेको सिआइबीले अाज पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ।
दीपक बराइली
यसैबीच डिआइजी नवराज सिलवालले यस्तो भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन्। गुगल प्ले स्टोरमा गएर यस्तो जसले पनि बनाउन सक्छ, सिलवालले भने,‘फन्ट कलर एप डाउनलोड गरेर जुनसुकै नम्बरमा पनि यस्तो देखाउन मिल्छ।’
यसअघि झापा घर भएकी पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन्।
उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् (अहिले डिलेट गरिसकिएको छन्)। केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीमाथि अनुसन्धान थालेको थियो।
रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समाचार फैलिएको छ। तर, यसरी फैलाइएका हल्ला पूर्णरुपमा गलत र भ्रामक मात्र रहेको भन्दै दुरसञ्चार क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणले खण्डन गरिसकेको थियो।
प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन। प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न सुझाव छ।सेतोपाटी
No comments:
Post a Comment