बैंकबाट १० लाख झिक्नासाथ झोला खोसेर फरार, एकजना पक्राउ
ललितपुर– ललितपुरको ग्वार्को स्थित एभेरेष्ट बैंकबाट १० लाख झिकेर पैदल जाने क्रममा बैंक अगाडीबा
लमजुङ्ग घर भई काठमाडौँ बसुन्धारा बस्ने ३८ बर्षीया मिना माया तामाङले आइतबार निकालेको १० लाख नगदको झोला यसरी लुटेर भाग्ने मध्ये सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ गोगंबु नयाँ बसपार्क बस्ने ३२ बर्षीय राम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर उपमहानगरपालिका–७ ग्वार्को स्थित एभरेष्ट बैंकबाट सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले भण्डारीलाई नगद ५ लाख सहित ग्वार्कोबाट पक्राउ गरेको हो । लुटपाट गरी ५ लाख सहित फरार रहेका अर्का सिन्धुपाल्चोक घर भई नयाँबसपार्क बस्ने २९ बर्षीय सरोज भण्डारीको प्रहरीले खोजतलास भईरहेको ललितपुर प्रहरीले जनाएको छ ।रातोपाटी
No comments:
Post a Comment