• Breaking News

    Monday, January 2, 2017


    ६ जना युवतीलाई विहे गर्छु भन्दै जसले ५८ लाख ठगे




    म तथा विहेको आश्वासन दिएर युवती तथा महिलाहरु ठग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। अभिषेक केसी र रबिन केसी दाजु भाइ बनेर ठग्ने झापाका नेत्र प्रसाद गिरी र पाँचथरका रबिन कुमार चिमरियालाई प्रहरीले पक्राउ गरेको हो।
    उनीहरुले विवाहित तथा अविवाहित युवतीहरुलाई आफ्नो परिचय ढाँटेर ठगी गर्ने गरेको सिआइबीकी एसपी मीरा चौधरीले बताइन। डान्सबार, दोहरी र रेष्टुरेन्टमा गइ उनीहरुले युवतीहरुलाई प्रलोभनमा पार्ने गरेको उनले बताइन। उनीहरु आफू इन्जिनियर, ब्यापारी हुँ भन्दै युवतीहरुलाई आर्थिक तथा शारिरीक शोषण गर्ने गरेको प्रहरले जनाएको छ ।
    अहिलेसम्म ६ जना युवतीले उनीहरुविरुद्ध सिआइबीमा उजुरी दिएका छन् । ६ जना युवतीलाई नै उनीहरुले प्रेम तथा विहेको प्रस्ताव गरेर रकम ठगी गरेको एसपी चौधरीले बताइन।
    '६ जना युवतीबाट उनीहरुले ५८ लाख १४ हजार ठगी गरेको खुल्न आएको छ, 'एसपी चौधरीले भनिन् 'अरु युवतीहरु पनि ठगिएका छन्, उनीहरुले फोन गरेर उजुरी दिन आउने बताएका छन ।' ठगी गरेको रकमले आफूहरु विभिन्न देशमा गइ क्यासिनो खेल्ने गरेको उनीहरुले बताएका छन्।सेतोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel