• Breaking News

    Thursday, January 5, 2017


    सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन, अझै फरार छन् ढुंगेल


    काठमाडौं  – सुरक्षा निकायले राजनीतिक ‘मौका’ कुर्दाकुर्दै सर्वोश्वसहित जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन। सर्वोच्च अदालत फैसला कार्यान्यवयन निर्देशनालयले गृह मन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ यस्तो आएको छ – ढुंगेल फरार नै छन् ।

    ओखलढुंगाका ब्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष, ५ महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रसाशनले ‘फरार’ भने पनि उनलाई सर्वसाधारणले भने सार्वजनिक ठाउँमा देख्दै आएका छन् ।

    निर्देशनालयले पछिल्लो समय प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै फैसला कार्यान्वयनमा असहयोग भएको संकेत गरेको छ । यो खबर आजको नागरिकमा छ ।रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel