• Breaking News

    Wednesday, January 4, 2017

    एटिएम कार्ड प्रयोग गरेर ठगी गर्ने एक पक्राउ


    काभ्रे -अर्को व्यक्तिको एटिएम कार्ड प्रयोग गरेर रकम झिकिरहेको अवस्थामा प्रहरीले आज धुलिखेलबाट एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तनहुँ श्याम्घाका वसन्तबहादुर थापा रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रहरी उपरीक्षक सकुल थापाले बताए ।

    थापाले अनिल दुवालको नामबाट धेरैपटक रकम निकालेको प्रहरी समक्ष बयान दिएका छन् । उनले रु १२ लाख निकालेको स्वीकार गरेको भएपनि त्योभन्दा बढी रकम निकालेको हुनसक्ने र त्यसका लागि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

    थापाको साथबाट रु ३० हजार, दुईवटा राहदानी, छवटा सिमकार्ड फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel