पानी कति पिउने?
हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ। पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ। खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो। सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। पिसाब पहेँले हुनु हुँदैन। पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ। यदी तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। यसको मतलब यो होइनकि तिर्खा लाग्नासाथ १ लिटर,२ लिटर पानी खाइहाल्नुपर्छ। धेरै पानी एकैचोटी पिएमा बमिट हुन सक्छ। पेट फुले जस्तो हुन्छ शरीरलाई असहज हुन्छ। हामीले मिलाएर दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्छ । धेरै गर्मी छ शरीरमा पसीना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ । कस्ता व्यक्तिले पानी बढी खाने किड्नीको बिरामीले भने पानीको मात्रा बढाउनुपर्छ। किड्नीको बिरामीले एक दिनमा कति पिसाब फेर्छ त्यो भन्दा पाँच सय एमएल बढी पानी पिउनुपर्छ। यस्ता बिरामीले डाक्टरको सल्लाहमा पानीको मात्रा मिलाउनुपर्छ। मधुमेहका बिरामीले पनि पानी धेरै खानुपर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम पानी खानुपर्छ। मधुमेहको मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ। पखाला लागेको बेलामा पानी यती नै मात्रामा खाने भन्ने हुँदैन। शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ। स्वच्छ पानीले नै हो पखला निको पार्ने। पखाला लागेको मान्छेको शरीरमा पानीको अभाब भएको कारण नै मृत्यु हुन्
पानी कति बेला पिउने ?
- एक पटकमा कति पानी पिउने र कति कति बेला पिउने भन्ने जिज्ञासा पनि लाग्न सक्छ। एक पटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ। बढी पिएमा दुई गिलाससम्म पिउन सकिन्छ। पानी उठ्ने बित्तीकै पिएको राम्रो हो। सामान्यत सबैले बिहान उठ्नसाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ग्याष्ट्रिकको समस्या हुनेले अनिवार्य जस्तै हो। राति पानी पिउँदा केही बिग्रिदैन। तर, पिसाबको समस्या हुनेले नपिएको राम्रो हो। खाना खाने समयमा पानी नखाएकोनै राम्रो हो। शरीरको तौल घटाउन चाहनेहरुले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक दुई गिलास पानी पिउँदा राम्रो हुन्छ। पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ। खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रुच्दैन त्यसैले पानी पिउँनु हुँदैन भनिएको हो तर पिउन नै नहुने त्यस्तो कुनै कारण भने छैन। पानी कुन समयमा खाने भन्ने केही छैन। तिर्खा लागेको समयमा पिउन सकिन्छ। एकैचोटी धेरै पानी पिउन भने हुँदैन। पानी कति पिउने भन्ने कुरा आफू बसेको ठाउँको हावापानीले पनि फरक पार्छ। काठमाडौंमा बस्नेहरुले दिनमा डेढदेखि दुई लिटरसम्म पानी पिए पनि हुन्छ। धेरै गर्मी छ भने पानीको मात्रा बढाउनुपर्छ। पानीको मात्रा बढी भयो भने मष्तिष्कको लागि पनि राम्रो हुन्छ। पानीको अभाब भयो भने मान्छे थकित हुने काम गर्न जाँगर नहुने हुन्छ। रक्सी खानुभन्दा पहिला कम्तीमा आधा लिटर पानी खायो भने त्यसको असर कम हुन्छ। भोलिपल्ट ह्याङ पनि कम हुन्छ। पानीको कारण टाउको दुःखेको कम हुन्छ। पाचन प्रक्रियामा समेत पानीले सहयोग गर्छ। कब्जीयत हुन नदिने, शरीरको तौल घटाउनका लागि पानी अति उपयोगी हुन्छ। पानी धेरै खाएमा किड्नीले फिल्टर गर्न समस्या आउन सक्छ। एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउदा शरीरलाई हानी गर्देन। तर, पानी सफा हुनुपर्छ । पानी तातो चिसो भएर केही फरक पर्देन तर पानी सफा भने हुनुपर्छ। एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउँनु हुँदैन। पानीमा आइस हालेर पिउनु राम्रो मानिदैन। यती उमेर समूहले यती पानी पिउने भन्ने केही पनि छैन। पानी सफा हुनुपर्यो सकेसम्म उमालेर फिल्टर गरियो भने त्यो धेरै राम्रो हुन्छ। खुट्टा सुनिने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउँनु हुँदैन। यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ। स्वच्च पानी नपिउँदा के हुन्छ? स्वच्छ पानी नपिउने हो भने शरीरमा बिभिन्न खाले रोग लाग्छ। पानीको अभावमा नै पखला,ज्वरो र उल्टी हुन्छ। पखला लागेका व्यक्तिले अझै बढी पानी पिउनुपर्छ। संसारमा पाँच वर्षमुनीका बालबालिकाको ज्यान जाने दोस्रो रोग नै पखला हो। पहिलो रोग भने निमोनिया हो। -सेतोपाटी
No comments:
Post a Comment