सुन तस्करीको छानविनका क्रममा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृत सहित २९ जना पक्राउ 0 Shares काठमाडौं
पुस २८, २०७३ प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीले सुन तस्करीको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृतसहित २९ जनालाई नियन्त्रणमा लिएको छ । गत पुष २१ गते अबैध रुपमा ल्याईएको ३३ किलो सुन बरामद भएपछि सिआईबीले अनुसन्धानका क्रममा व्यापक अभियान संचालन गरेको हो । अभियानका क्रममा उसले प्रमुख भन्सार अधिकृत, ४ जना अधिकृत र अन्य विभिन्न ओहोदाका २९ जनालाई नियन्त्रणमा लिएको हो । सिआइबी स्रोतका अनुसार पक्राउ पर्नेमा प्रमुख भन्सार अधिकृत सहसचिव टंकनाथ पौडेल, भन्सार अधिकृतहरु लाल बहादुर गुरुङ, परशुराम दाहाल, मान कुमार केसी र तथ्याङ्क अधिकृत श्रीनारायण यादव छन् । यस्तै नायव सुब्बा माधव प्रसाद शर्मा, जमुना लम्साल, चन्द्र बहादुर रेग्मी, त्रिभुवन ढकाल, प्रद्युम्नहरि श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, संजय महर्जन, राजकुमार धिताल र तेज बहादुर श्रेष्ठलाई पनि सिआइबीले नियन्त्रणमा लिएको छ । यस्तै कार्यालय सहयोगीहरु दिल बहादुर सम्बाहाम्फे, रामशरण थापा, पुर्ण बहादुर महर्जन, ध्रुव्र धिमाल, मान कुमार कार्की, सुवर्ण अर्याल, मिन बहादुर खत्री, कृष्ण बहादुर महर्जन, केदार प्रसाद सञ्जेल, राजाराम कासुला, सोम प्रसाद खत्री, अर्जुन प्रसाद भेटवाल, केदारनाथ लम्साल, सञ्चमाया लिम्बु र मान बहादुर तामाङलाई पनि सिआइबीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुसंंग बयान लिने काम भइरहेको स्रोतले जनाएको छ । बिमानस्थल भन्सारबाट वाहिरिएको तस्करीको सुन सहित सिआइबी टोलीले ३ जनालाइ नियन्त्रणमा लिएको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले तस्करीमा संलग्न भएको अभियोगमा काभ्रेबाट हिजो २ जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा भरियामात्रै पक्राउ पर्ने तर मुख्य व्यक्ति भने उम्किने गरेका छन् । इकान्तिपुर
No comments:
Post a Comment