किन 'बिग बोस' छाड्ने तयारीमा छन् सलमान?
बलिउड अभिनेता सलमान खानले आफूले चलाउँदै आएको टिभी रियालिटी शो 'बिग बोस' छोड्न सक्ने देखिएको छ। भारतिय संचारमाध्यमका अनुसार शो का कारण आफ्नो छविलाई ध्यानमा राख्दै सलमान यस्तो मनस्थितिमा पुगेको बताइन्छ।
एबिपी न्यूजका अनुसार सलमान कार्यक्रमले उनको छविमा खराबी ल्याइरहेको लागेकाले यस्तो निर्णयमा पुग्न लागेका हुन्। सलमान पछील्लो सात संस्करणदेखी सो शोका प्रस्तोताका रूपमा रहँदै आएका छन्।
यस अघिका संस्करणका ताका पनि उनले शो चल्ने चर्चा चल्दै आएका छन्। शो मा शनिबार र आइतबार मात्र देखिने गरेका सलमानले हाल ती शोका लागि प्रति शो ८ करोड भारू पारिश्रमिक बुझ्ने गरेका छन्।सेतोपाटी
No comments:
Post a Comment