• Breaking News

    Sunday, January 8, 2017


    भिमदत्त राजमार्गको हिउँ सफा गरेर फर्कने क्रममा सेनाको ट्रक दुर्घटना




    पुस २४, २०७३- भिमदत्त राजमार्गको स्याउखर्क क्षेत्रको सडकमा जमेको हिउँ सफा गरेर फर्केको  सेनाको ट्रक  पल्टिदा उद्धार टोलीमा खटिएका २९ जना घाइते भएका छन् ।

    हिजो रातिदेखी बिहानसम्म लगातार हिमपात भएसँगै भिमदत्त राजमार्गको गैरदेखि भतकाँडासम्मको सडकखण्ड  अवरुध भएको थियो । बिहान ११ बजे नेपाली सेनाको  टोलीले सडक सुचारु गरी फर्कंदा चिप्लेएर लु१ग २९६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

    उक्त दुर्घटनामा परी  नेपाली सेनाका सेनानी कृष्ण अधिकारीसहित २९ जना घाइते भएका छन् ।  जसमध्ये ७  जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।

    डिएसपी हेम शाहीका अनुसार गम्भिर घाइतेहरुलाई  नेपाली सेनाको हेलिकप्टरबाट राजधानी काठमाडौं लैजाने तयारी भइरहेको छ । अहिले घाइतेहरुको उपचार उप क्षेत्रिय अस्पताल डडेल्धुरामा भइरहेको छ ।

    शाहीले  भिमदत्त राजमार्गको हगुल्टेदेखि स्याउ खर्कसम्म तीन किलोमिटर बाटोमा बाक्लो हिमपात भएको बताए । उक्त क्षेत्रमा यातायतका साधन अवरुध भएपछि  डोजर लगायत औजारहरु प्रयोग गरेर सडक सफा पार्ने काम भएको उनले जानकारी दिए ।

    सडकमा जमेको हिउँलाई डोजर लगाएर सफा गर्न दिउँसो ११ बजेबाटै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग, स्थानीय लगायतका व्यक्ती समेत खटिएको उनले जानकारी दिए । इकान्तिपूर

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel