• Breaking News

    Friday, January 6, 2017


    को होलान् साढे ३३ किलो सुनका मालिक?




    साढे ३३ किलो सुन बरामद गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले त्यसका मालिक को हुन्न भन्ने विषयमा ब्यापक खोजी शुरु गरेको छ। सिआईवीका एसपी मीरा चौधरीले सुन बरामद भएपछि त्यसको मालिकका विषयमा सिआइबीले अनुसन्धान गरिरहेको बताईन्। ‘सुन कसको हो भनेर पत्ता लगाउन हामीले तिब्र रुपमा अनुसन्धान अघि बढाएका छौं,’ एसपी चौधरीले भनिन्, ‘आज साँझसम्ममा केही आउला भन्ने आशा छ।' दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले हिजो साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो। सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। सिआइबी स्रोतका अनुसार पक्राउ परेका तीनै जनाले आफूहरू भरिया मात्र भएको र सुनका बास्तविक मालिक थाहा नभएको बताएका छन्। सुन तस्करहरू आफू अघि नपर्ने र सुन बोक्न अरूलाई भाडामा प्रयोग गर्ने पुरानै तरिका हो।  यसअघि साढे ३ वर्षअघि पनि सिआइबीले काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो। कन्टेनरमा लुकाइ ल्याएको अवस्थामा प्रहरीले ३५ किलो सुनसहित तातोपानीका ट्रक चालक निमा छिरिङ तामाङलाई पक्राउ गरेको थियो। पछि तामाङको बयानका आधारमा सुन मालिक बौद्धका ग्याम्जो लामा पक्राउ परे। मुद्दा धेरै समयसम्म लम्बियो। पछि चालक तामाङले बयान फेरे, सुन लामाको होइन भने। अदालतले लामालाई त्यतिकै छाडिदियो। चालक पनि केहीसमयपछि छुटे। ३५ किलोको सुनकाण्ड ढिसमिस भयो। नेपालमा बिदेशबाट सुन तस्करी भएर पटक‍पटक आउने भए पनि प्रायः भरियाहरू मात्र पक्राउ पर्ने गरेका छन्। तस्करीको सुन नेपाल भित्रदा राजस्वमा ठूलो असर पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए। सुनमा सरकारले साढे ११ प्रतिशत राजस्व लिदैँ आएको छ।  १ किलो सुन ल्याउदाँ ४ लाख २० हजार राजस्व सरकारलाई तिर्नुपर्छ। सुनको माग बढेपछि नेपालमा सुन तस्करी पनि बढ्ने शाक्यले बताए। अहिले नेपालमा प्रतिदिन ३० किलोभन्दा बढी सुनको माग भए पनि राष्ट्र बैंकले १५ किलो मात्र दिइरहेको उनले बताए  सेतोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel