यस कारण भत्काइयो अर्जुन कपुरको जीम
मुम्बई महानगरले अर्जुन कपुरले गैरकानुनीरूपमा आफ्नो घरको छतमा बनाएको जीमखाना भत्काइदिएको छ। महानगरले अर्जुन कपुर बस्दै आएको जुहु स्थिति रहेजा अर्चिडमा बनाइएको जीमखाना भत्काएको हो।
अर्जुनले छतमा ३० बाइ १६ स्कवायर फिटको नीजि जीम बनाएका थिए। बिहिबार उनको घर पुगेर महानगरका कर्मचारीले जीमखाना भत्काइदिएका हुन्। सो जीमखाना भत्काउदाँ लागेको खर्च अब अर्जुनले भरपाइ गर्नुपर्नेछ। उनको सो जीमखाना भत्काउन ४ दिनको समय लागेको थियो।
महानगरमा सो निर्माणका बारेमा बेनामी उजुरी भरेपछि उक्त कारवाही अगाडी बढाइएको थियो।सेतोपाटी
No comments:
Post a Comment