• Breaking News

    Tuesday, January 3, 2017


    तीन छोरीलई विष खुवाएर आमाद्वारा आत्महत्या



    पिपरिया-३ की गुन्द्रवेदीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन् ।
    विषसेवनपछि गम्भीर भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
    विषसेवनका कारण सिकिस्त भएका उनका दुई छोरीहरु पूजाकुमारी र राधाकुमारीको अवस्था चिन्ताजनक छ।
    गुन्द्रदेवीले सोमबार साँझ पानीमा विष घोलेर छोरीहरुलाई खुवाएको पाइएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।
    गुन्द्रादेवीले गरिबीका कारण अनिश्चित भविष्य देखेर विष खुवाएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा पुगेको प्रहरीका अनुसार विपन्न गुद्रदेवीलाई हातमुख जोर्न समस्या थियो।सेतोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel