• Breaking News

    Sunday, January 8, 2017

    संसद बैठक ३ बजेसम्मका लागि स्थगित





    काठमाडाैं-व्यवस्थापिका संसद बैठक दिँउसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले २०१५ सालमा तत्कालीन खोटाङ क्षेत्र नं. १६ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धवार भई प्रतिनिधी सभा सदस्यमा निर्वाचित मणिराम पोखरेलको निधन प्रति शोक प्रस्ताव प्रस्तुत गरेसँगै ३ बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।

    यसअघिको निर्धारित समय भन्दा झन्डै अघि घण्टा ढिलो गरी दिँउसो साढे १ बजे शूरु भएको बैठक अन्य कार्यसुचीमा प्रवेश नगरी स्थगित भएको हो ।  पूर्व सांसद पोखरेलको
    ८७ बर्षको उमेरमा पुस १८ गते सोमबार काठमाडौंमा निधन भएको थियाे ।

    यसअघि सभामुख घर्तीले ३ दलका नेताहरुसँग छलफल गरेकी थिइन् । तर दलहरुबिच सदन खुलाउने बिषयमा अझै कुरा नमिलेका कारण संसद बैठक स्थगित भएको हो ।रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel