• Breaking News

    Monday, January 9, 2017

    कुन उमेर समूह र कस्ता रोगीले कति अण्डा खाने ? थाहा पाउनुस् डाक्टरका कुरा


    हरेक व्यक्तिको उमेर, तौल, मौसम र शारिरिक अवस्थाका कारण अण्डा खाने मात्रा भिन्न हुने गर्दछ । मेडिकल डायटिशियन डा. अमिता सिंहले अण्डा खाँदा थाहा हुनुपर्ने सम्पूर्ण जानकारी बताएकी छिन् ।
    अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । शरिरले यसलाई अवशोषित गर्नका लागि काब्रोहाइड्रेटको पनि आवश्यकता पर्छ । यदि तपाईंले अण्डा धेरै खानुहुन्छ भने कार्बोहाइड्रेटयुक्त खानेकुरा जस्तै ब्राउन ब्रेड, दूध, ध्यू वा रोटी पनि धेरै खानुपर्छ ता कि अण्डाको प्रोटिन पूर्ण रुपमा अवशोषित हुन सकोस् ।

    थाहा पाउनुस् एउटा अण्डामा हुने पोषक तत्वः
    प्रोटिनः ३१ ग्राम
    क्यालोरीः ७० ग्राम
    फ्याटः ४ ग्राम
    सोडियमः ६२ मिलिग्राम
    पोटासियमः ५९ मिलिग्राम
    ५–१० वर्षको उमेरमाः
    एउटा अण्डाः यदि तौल कम छ भने अण्डाको पहेंलो भागसँग खानुहोस् । तौल बढि छ भने पहेंलो भाग बिना नै खानुहोस् ।
    १०–१५ वर्षको उमेरमाः
    एउटा अण्डा पहेंलो भाग सँगै खानुहोस् अर्को अण्डाको सेतो भाग मात्रै खानुहोस् ।
    तौल कम छ भने पहेंलो भागसँगै खानुहोस् यदि बढि छ भने सेतो भागमात्र खानुहोस् ।
    १५ देखि २० वर्षको उमेरमाः
    तीनदेखि चारवटा अण्डा खानुहोस् ।
    यदि प्रोटिनका अन्य स्रोत जस्तै पनिर वा कुखुराको मासु खानुहुन्छ भने अण्डाको मात्रा कम गर्नुहोस् ।
    २० देखि ३० वर्षको उमेरमाः
    दुईदेखि तीनवटा अण्डा ।
    तपाईंको तौलको आधारमा पहेंलो भाग खाने नखाने बिचार गरेर खानुहोस् ।
    ३० देखि ४० वर्षको उमेरमाः
    दुईवटा अण्डा पहेंलो भाग बिना ।
    यो उमेरमा तौल बढ्ने अत्यधिक सम्भावना हुन्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।
    ४० देखि ५० वर्षको उमेरमाः
    दुईवटा अण्डा पहेंलो भाग बिना नै खानुहोस् । मेटाबोलिजम कमजोर हुने भएकाले पहेंलो भाग बिना नै खानु फाइदाजनक हुन्छ ।
    ५० देखि ६० को उमेरमाः
    एउटा अण्डा पहेंलो भाग बिना । मुटु रोगको सम्भावना बढ्नसक्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।
    गर्भवती हुँदाः
    दैनिक दुईवटा अण्डा खानुहोस् । पहेंलो भाग सँगै खानुहोस् । यसमा पाइने एल्ब्यूमिनले गर्भको बेला निकै फाइदा पुर्याउँछ ।
    मुटु रोग भएका/रक्तचापः
    हप्तामा तीन दिन पहेंलो भाग बिना एउटा अण्डा खानुहोस् ।  अण्डामा कोलेस्ट्रोलको मात्रा अत्यधिक हुन्छ जसले मुटु रोग र रक्तचापको सम्भावना अत्यधिक हुन्छ । त्यसकारण अण्डा धेरै खानबाट बच्नुहोस् ।
    मृगौला रोगीः
    चारवटा अण्डा पहेंलो भागबिना खानुहोस् । अण्डामा म्याग्नेसियम हुन्छ जसले मृगौलाको समस्याबाट बचाउन सहयोग गर्दछ 
    क्यान्सरः
    चारदेखि पाँचवटा अण्डा । यसमा पाइने क्याल्सियम, आइरनले नयाँ सेल्स बन्न सहयोग गर्दछ ।
    थाइराइडः
    दैनिक दुईवटा अण्डा पहेंलो भाग सँगै खानुहोस् । यसमा एमिनो एसिड, सेलेनियम हुन्छ जसले थाइराइडलाई नियन्त्रणमा राख्दछ ।
    बडी बिल्डर्सः
    दैनिक १२ देखि १३ अण्डा । यो प्रोटिनको राम्रो स्रोत हो जसले मासंपेशी बलियो बनाउँछ ।
    थाहा पाउनुस् अण्डा खानुका अन्य फाइदाः
    तेज स्मरण शक्तिः
    यसमा भिटामिन बी१२ र कोलीन हुन्छ जसले दिमागलाई तेज बनाउँछ भने स्मरणशक्ति बढाउँछ ।
    रक्तअल्पत्ताः
    यसमा आइरनको मात्रा धेरै छ जसले रक्तअल्पत्ताको समस्यालाई टाढा राख्न मद्दत गर्दछ ।
    जोर्नी दुखाईः
    अण्डामा भिटामिन ‘डी’ को मात्रा अत्यधिक हुन्छ जसले जोर्नीको दुखाईलाई कम गर्दछ ।
    आँखालाई फाइदाः
    अण्डामा भिटामिन ए को मात्रा अत्यधिक हुन्छ जसले आँखालाई फाइदा पुर्याउँछ ।
    क्यान्सरः
    यसमा फोलिक एसिड हुन्छ जसले क्यान्सरबाट बच्नसमेत सघाउ पुर्याउँछ । रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel