विपक्षीको विरोधकाबीच संशोधन प्रस्ताव अघि बढाइयो
काठमाडौं – विपक्षी दलको विरोधका बीच संविधान संशोधन प्रक्रिया अघि बढाइको छ । आइतबार दिउँसो निर्धारित समयभन्दा पौने घण्टा ढिलो गरी सुरु भएको बैठकबाट विपक्षी दलको होहल्ला र नाराबाजीका बीच संविधान संशोधन प्रस्ताव अघि बढाइएको हो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सभामुख ओनसरी घर्तीको अनुमतीमा विपक्षी दलका सांसदको बिरोध र होहल्लाबीच संविधान संसोधन प्रस्ताव प्रस्तुत गरेका हुन् । मन्त्री नायकले संसोधन प्रस्ताव प्रस्तुत गरेसँगै संसद बैठक पुस २५ गते १ बजेसम्मका लागि स्थगित भएको छ ।
पुस २५ गते १ बजेसम्मका लागि स्थगित भएको छ ।
आज दिनभरको गतिविधि
–साढे ११ बजे कार्यव्यस्था समितिको बैठक, दलहरुको पूरानै अडान, सहमती जुटेन
–दिँउसो १२ बजे सभामुख ओनसरी घर्तीको आग्रहमा प्रमुख तीन दलको बैठक, बैठकमा सहमती जुटेन
–झन्डै १ घण्टा प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीबिच छुट्टै छलफल भयो । संविधान संशोधन विधेयक पेस गर्न दिन प्रधानमन्त्री प्रचण्ड आग्रह गरे तर पेश गर्न नदिनेमा विपक्षी दलका नेता केपी ओलीको अडान कायमै रह्यो ।
–दिउँसो १ बजे बसेको बैठक शोक प्रस्ताव पारित गरेर ३ बजेसम्मको लागि स्थगित भयो ।
–३ बजेका लागि तय गरिएको बैठक पौने ४ बजे शूरु भयो ।
शुन्य समय र विशेष समय हटाइएको सभामुखले जनाकारी दिइन् ।
सभामुखको अनुमतीले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले स्थानीय तह निर्वाचन विधेयकलाई प्रस्तुत गर्न अनुमती माग्ने प्रस्ताव गरे ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सरकारले सबै निर्वाचनहरु समयमै गर्न चाहेको बताँउदै निर्वाचन कसुर तथा सजाँय विधेयक २०७३ प्रस्तुत गरे ।
त्यसपछि नायकले संशोधन प्रस्ताव अघि बढाउन खोज्दा विपक्षीले नाराबाजी सुरु गरे तर विरोधका बाबजुत प्रस्ताव टेबुल गरियो ।सेतोपाटी
No comments:
Post a Comment