• Breaking News

    Sunday, December 25, 2016

    फरार अपराधी पक्राउ


    फरार अपराधी पक्राउ
         
    लहान । सवारी ज्यान तथा कैदीबन्दी भागे भगाएको मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ ।

    जिल्ला अदालत सिरहाबाट २०६९ असार २४ गते सवारी ज्यान मुद्दामा १६ दिन कैद तथा रु दुई हजार जरिवाना पाएर फरार सिरहा नगरपालिका–६ निवासी ३५ वर्षीय रासिन्द्र महरालाई पक्राउ गरिएको हो ।

    अदालतको फैसलापछि फरार महरालाई आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एकनारायण कोइरालाले बताए ।

    यसैगरी कैदीबन्दी भागे भगाएको मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहा नगरपालिका–१ निवासी ३० वर्षीय दशैया पासवानलाई पनि पक्राउ गरिएको छ । रातोपाटि

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel