• Breaking News

    Sunday, December 25, 2016

    ‘मन्त्री होइन, दलाल ठानेर सहयोग मागे’



    म श्रम मन्त्री भएपछि मलाई भेट्न मेनपावर कम्पनीका मानिसहरू आए।

    विदेशको श्रम बजारमा नेपाली श्रमिक पठाउने कम्पनी खोलेका ती मानिसहरू कोही प्रजातान्त्रिक समूहको हुँ भन्दै आउँछन्, कोही कुन समूहको हुँ भन्दै आउँछन्। आउन चाँही धेरै थरी समूह आउँछन्।

    तर उनीहरुका कुरा एउटै हुन्छन्- आफ्नो कम्पनी र समूहको स्वार्थ अघि बढाउने।

    अहिले विदेशमा काम गर्न गएर अलपत्र परेका, मारिएका, दुःख पाएका धेरैजसो मानिसहरू यीनीहरुले नै पठाउने हुन् भन्ने मलाई थाहा छ। कामको खोजीमा भौँतारिएका युवालाई सरकारको स्वीकृति लिएर मात्र बिदेश पठाउनु पर्ने हो, तर कतिले स्वीकृति बिनै  पठाउँछन्। जसरी बाहिर पुगेको भए पनि दुःख पाएपछि सरकार गुहार्नु त परिहाल्यो जनताले। त्यो बेला उनीहरुलाई पठाउने मानिसहरु भागिहाल्छन्।

    यति अस्तव्यस्त छ अन्तर्राष्ट्रिय बजारमा हाम्रा श्रमिकको अवस्था। म आफ्नो कार्यकालमा तीनै समस्या न्यूनिकरण गर्ने कोशिश गर्दैछु  सेतोपाटि

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel