• Breaking News

    Saturday, December 31, 2016

    मोरङमा एकैसाथ सत्ताइस पक्की पुुल निर्माण हुँदै



    मोरङ-जिविसले जिल्लामा एकै साथ २७ पक्की पुुल निर्माणको कामलाई तीव्रता दिएको छ ।

    जनताको मागअनुुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुुर, आमगाछी, मझारे, झोराहाट, टकुुवा, केराबारीलगायत स्थानमा पक्की पुुल निर्माण गरिरहेको छ ।

    त्यसमध्ये बाहुुनीको कयरखोलमा करिब रु दुई करोड २२ लाखको लागतमा १८ मि र विराटनगरस्थित सिंगिया खोलामा रु सात करोड ६० लाखको लागतमा ६२ मि लामो पुुल सञ्चालनको तयारीमा छन् ।

    यसैगरी बुुधनगरको खाद्र्राखोलामा रु ९५ लाखको लागतमा १५ मि, टङ्किसिनवारीको धाधरा खोलामा रु एक करोड ८७ लाखको लागतमा १५ मि, रङ्गेलीको घागी खोलामा रु एक करोड ८३ लाखको लागतमा १८ मि, रु ६२ लाखको लागतमा इटहराको कट्नुु खोलामा १५ मि र बवियार्विताको कोचेनी खोलामा रु दुई करोड १३ लाखको लागतमा १८ मि लामो पक्की पुल बन्दै छन् ।रातोपाटी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel